Saturday, 15 September 2018

ए भमरा

ए भमरा!फूल खोजी बगैंचामा घुम्दै होलाउ
पुरानोलाई छोडेर नयाँलाई चुम्दै होलाउ।

चुसेर रस,त्यागेर हिंड्नु,तिम्रो त बानी हो
हजारौं फूलको जवानी लुट्दा,आँखामा पानी भो
तिम्रा लागि फूलहरु साह्रै सस्ता भएहोलान्
सोचिदेउ एकफेर,मन कस्ता भए होलान्।

लाग्नेछ पाप,जिन्दगीमाथि खेलेर नहिंड
कोमल हुन्छ हृदय फूलको,पेलेर नहिंड
मनन गर ती परेली कति धेरै रुझे होलान्
यति धेरै सम्झाएसी बल्ल कुरो बुझे होलान्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...