Sunday, 16 September 2018

शीरदेखि पाउसम्म

शीर देखि पाउ सम्म
नदेखिने ठाउँ सम्म
सजाउँछु तिमीलाई मनको गहनाले
सजाउँछु तिमीलाई मनको गहनाले।

तिमी मेरो तारा अनि तिमी मेरो जून
सुन,चाँदी,हिरामोती देखावटी हुन्
तन देखि मन सम्म
मुटुको धड्कनसम्म
सजाउँछु तिमीलाई मनको गहनाले
सजाउँछु तिमीलाई मनको गहनाले।

हृदयको छेउ पुगी ध्यान दिई सुन
सुनाउँछु तिमीलाई पिरतीको धून
परेलीको चाल सम्म
छातीको हिमालसम्म
सजाउँछु तिमीलाई मनको गहनाले
सजाउँछु तिमीलाई मनको गहनाले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...