Friday, 7 September 2018

आधुनिक प्रविधि

सजीवलाई निर्जीव बनाएर सन्नाटाले
आफ्नै घरमा बन्दी बनाएको छ समयले
मानौं-अपहरण गरेर मुख टालिदिएको छ।

यस्तो स्तब्धता छाएको छ
मेडिटेसन हुँदाको पल झैं
बुद्ध ध्यानमा लीन भए झैं।

भन्नुपर्ने धेरै छन् तर सकेका छैनन्
गर्नुपर्ने धेरै छन् तर भ्याएका छैनन्
साट्नुपर्ने धेरै छन् तर चाहेका छैनन्
माहोल बिल्कुल अप्राकृतिक।

समिपै भएर पनि दूर
आफ्नो भएपनि बिरानो
भाषिक समानता भएपनि मनको भाषा भिन्न
आ-आफ्ना चाहना अनुकुल
विपरीत दिशातिर ध्रुवीकरण हुन्छन्
मुर्दाघरका भूतहरु एक-अर्कादेखि डराउँछन्।

आधुनिक प्रविधिले मान्छेलाई
उल्लु बनाएको छ
बरफ बनाएको छ
रोबोर्ट बनाएको छ
यस्तै तीव्रताले निरन्तरता पाए
कुनै दिन
पुरुषलाई स्त्री,स्त्रीलाई पुरुष चाहिने छैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...