ए दिल
ए दिल
कति बहन्छस् तँ पानी बनेर
सागरसम्म पुग्ने लक्ष्य बोकेर ।
पूरा हुने या नहुने स्वप्न सजाएर
भावनाका छालहरु कति छल्काएर
आश्वासनका पोकाहरु आफैंलाई बाँडी
खेल्नु खेल्छस् दिमागलाई दुविधामा पारी।
ए दिल
ए दिल
कति बहन्छस् तँ हावा बनेर
प्रेमको क्षितिजमा छायाँ छरेर।
सगरमाथा भन्दा अग्लो माया अटाएर
सानो-सानो कोठामा दुनियाँ अटाएर
हजारौं ती महाकाव्य थुपारेर हिंड्छस्
करोडौं ती कथाहरु पचाएर हिंड्छस्
ए दिल
ए दिल
हिमालमा डुल्दछौ बादल बनेर
धरतीमा झर्दछौ झरी बनेर।
No comments:
Post a Comment