सुनको ढोका लाएपनि
सुनको छाना छाएपनि
सुनको खाना हुन्नरैछ
सुनकै थालमा खाएपनि।
रहरका प्वाँखहरु उजाडेका हुन्छन्
चाहनाका पखेटा काटिएका हुन्छन्
विवशतामा बाँच्दारैछन् पिंजडाका चरी
गगनमा उड्दैनन् ती पिंजडाका चरी।
सास फेर्न गाह्रो हुन्छ सुनको पिंजडामा
सम्झनाको तीरले पार्छ छाती छियाछिया
आँशुको नै तलाउमा पौडिएर जिउँछन्
पिजडाका चरीहरु तड्पिएर जिउँछन्।
No comments:
Post a Comment