Saturday, 15 September 2018

भोगी भमरा

ए भोगी भमरा!
किन चोरी लग्यौ भन दिल हमरा!

किन आँसु पारिदियौ फूलको आँखामा
त्यत्तिबेला खुसी छाउँछ तिम्रो मुहारमा
संसारमा सबैभन्दा स्वार्थी रहेछौ
इमानदार सोचेको थें बदमास रहेछौ
ए स्वार्थी भमरा
किन चोरी लग्यौ भन दिल हमरा!

रस चुसी भाग्यौ भने पाप लाग्नेछ
भमराको विरुद्धमा फूल जाग्नेछ
चोखो माया गर्छु भने भ्रम छरेछौ
फूललाई धोका दिई गल्ती गरेछौ
ए लोभी भमरा!
किन चोरी लग्यौ भन दिल हमरा!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...