बूढो रुख जस्तै मकाएर गयौ
बूढो गोरु जस्तै थकाएर गयौ।
राजनीति गर्यौ पिरतीमा पनि
अनेकौं खिचडी पकाएर गयौ।
मोटरको इन्धन निकाले जसरी
मेरो सबै शक्ति सकाएर गयौ।
कपर्दी कपर्दी खेल्यौ जीवनमा
आफैं जित्ने गरी छकाएर गयौ।
खप्पिसै रहिछ्यौ मान्छे मनाउन
कोही झिल्के केटो फकाएर गयौ।
No comments:
Post a Comment