Friday, 7 September 2018

यौवनको डालीमा

यौवनको डालीमा पिरतीको फूल फुल्दा
काकाकुल भएर भमरा त्यो प्यासी डुल्दा
बेहोसीको कुनै सीमा रहेन-२

चुम्बनको कुटीले डल्लाहरु फुटाएर
खडेरीमा मायाको सिंचाइले रुझाएर
जवानीको आलीमा लह लह धान झुल्दा
जवानले बालीमा छुँदै छुँदै सुस्त डुल्दा
बेहोसीको कुनै सीमा रहेन-२

पातहरु बैशको हल्लाउँदाको संगीतसंगै
पुष्पपत्र प्रेमको समाउँदाको प्रीतसंगै
चिनी जस्तै पानीमा एक-आपसमा घुल्दा
कामुकताको यानमा चढेर संसार डुल्दा
बेहोसीको कुनै सीमा रहेन-२

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...