टुङ टुङ ढिस ढिस-२
संगीत मेरो ज्यान हो
संगीत मेरो सान हो
संगीत मेरो मान हो
संगीत मेरो सम्मान हो
संगीत मेरो लब हो
संगीत मेरो सब हो।
संगीतमै गाउँछु म त,संगीतमै नाच्छु
संगीतमै हाँस्छु त म,संगीतमै बाँच्छु
संगीतमै खान्छु म त संगीतमै पिउँछु
संगीतमै मर्छु म त संगीतमै जिउँछु।
संगीत मेरो मन हो
संगीत मेरो तन हो
संगीत मेरो हात हो
संगीत मेरो नाक हो
संगीत मेरो खुट्टा हो
संगीत मेरो आँखा हो।
हावाभित्र संगीत देख्छु,बादलमा संगीत
पागलमा संगीत देख्छु,मादलमा संगीत
पहाडमा संगीत देख्छु,,हिमालमा संगीत
सम्म ठाउँमा संगीत देख्छु,खाडलमा संगीत
संगीत मेरो रगत हो
संगीत मेरो तागत हो
संगीत मेरो मुटु हो
संगीत मेरो कलेजो
संगीत मेरो सास हो
संगीत मेरो आश हो।
No comments:
Post a Comment