Wednesday, 12 September 2018

दशैं आयो

दशैं आयो,तिहार आयो,परदेशी आएन
सयपत्री फूल फुल्यो,तर मन फुलेन।

साथी-संगी नाच्दै गाउँदै आइपुगे आँगन
मेरो मान्छे नभएर खुशी छैन यो मन
सेल पाक्यो,तेल सुक्यो,तर आँसु सुकेन
मखमली फूल फुल्यो,तर मन फुलेन।

झिलिमिली भएपनि देखिर'छु अँध्यारो
बाँचिरहेछु अलिकति खुशी लिई उधारो
देउसी गए,भैली गए,दु:ख मेरो गएन
बिछोडमा यो जिन्दगी भने जस्तो भएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...