पिता-ब्रम्हा
पिता-विष्णु
पिता-महेश्वर।
माता धर्ती भएझैं
पिता-बीज हुन्
जीवनदाता हुन्।
त्यो दियो,जसले आफू बलेर
अज्ञानताको निशालाई चिरेर
शक्तिशाली रोशनी दिन्छ।
सत्मार्गमा डोर्याउने
पथप्रदर्शक
शिक्षक/प्रशिक्षक
निर्देशक
चालक
सहयात्री।
कहिलेकाही घोडा बनेर बोक्ने-बाहक
क्यारिकेचर गरेर मनोरञ्जन दिने-अभिनेता/नायक
गल्तीमा थर्काउने/झापड लाउने-खलनायक।
कार्यलयमा-श्रमिक
घरमा-नीति-निर्माता/प्रबन्धक
आम्दानीको श्रोत
उपदेशको खानी।
इच्छानूकुल रकम निकाल्न सकिने
मेगाबैंक
ए.टी.एम.कार्ड।
पिता-एक
रुप-अनेक।
कष्टको भारी काँधमा बोकेर
परिवारलाई सुखानुभूति दिलाउने
आफू रोएर भएपनि हसाउँने
एक मात्र प्रभावशाली पात्र हुन्-पिता।
संसारका समस्त पिताहरुको-जय होस!
No comments:
Post a Comment