Saturday, 15 September 2018

सुनको पिंजडा-२

रहरका प्वाँखहरु उजाडेका हुन्छन्
चाहनाका पखेटा काटिएका हुन्छन्
गगनमा उड्दैनन् उमंग बोकेर
पिंजडाका चरीहरु!

सुनको ढोका,सुनको भित्ता,सुनकै छाना छाएपनि
चौरासी व्यञ्जनहरु सुनकै थालमा खाएपनि
टेकिने ती जमिनहरु सबका उस्तै हुन्छन्
लिने फ्याँक्ने सास पनि सबका उस्तै हुन्छन्।

सुनको होस् या फलामको,पिंजडा त पिंजडा हो
छाती छिया-छिया पार्ने चराको त्यो सम्झना हो
खाने पिउने दानापानी सबका उस्तै हुन्छन्
माटो हुने जिन्दागानी सबका उस्तै हुन्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...