मायाको बोटमा,काट्नै न(मिल्ने)ऐझेरु पलायो
फर्काई मूल,सुकाई बोट,धोकाले जलायो
बचेको केही हाँगामा पनि इन्धन खन्यायो
सुन्दर थियो,संसार मेरो,खरानी बनायो।
हुँदैन पानी,हुँदैन दम्कल,त्यो आगो निभाउन
एकोहोरो चेष्टा,गरेर माया,सकिन्न बचाउन
काटिने थाहा भए त किन बिरुवा रोपिन्थ्यो
बेलैमा सजग भएको भए जिन्दगी जोगिन्थ्यो।
बिषालु हुने रहेछ माया,अमृत ठानेथें
मुटुमै राखी,गरेर पूजा,सर्वस्व मानेथें
पिलाई दूध,नपाल्नु सर्प,रहनु होसियार
मनको ढोका नराख्नु खुल्ला,रहनु होसियार।
No comments:
Post a Comment