Tuesday, 11 September 2018

हिक्का हिक्का हिक्का

ए हिक्का हिक्का हिक्का
हे दिक्का दिक्का दिक्का

कुक्का कुक्का बाडुल्की कसले पठायो
एका बिहानै सम्झना कसले पठायो
नाम लिंदा नि हटेन
पानी पिउँदा भएन
यत्ति धेरै सम्झेर हैरान बनायो।
ए हिक्का हिक्का हिक्का
हे दिक्का दिक्का दिक्का........

सीता,गीता,संगीता जसले मलाई सम्झ्यो
मेरो कुरा काटेर उसले के नै पायो
हो कि माया लागेर
या त रिस उठेर
यत्ति धेरै सम्झेर हैरान बनायो।
ए हिक्का हिक्का हिक्का
हे दिक्का दिक्का दिक्का........

आन्द्रा भुँडी निस्केर आउँला जस्तो भो
सम्झनाको तरीका कस्तो कस्तो यो
भेटे हुन्थ्यो प्रत्यक्ष
भने हुन्थ्यो आएर
यत्ति धेरै सम्झेर हैरान बनायो।
ए हिक्का हिक्का हिक्का
हे दिक्का दिक्का दिक्का........

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...