Saturday, 15 September 2018

आलु फलेछ

प्रीतिको बोटमा आलु फलेछ
आलु खान भनी भालु चढेछ
सिकारी आएर गोली चलाउँदा
ठाउँको ठाउँमै भ्वाक्कै ढलेछ।
              
बीउ छर्दा हाम्ले मिली छर्याथ्यौं
मल-जल पनि राम्रै गर्याथ्यौं
मध्यराती आई कसले फेरेछ
मेरो प्रेमको घाँटी कसले सेरेछ?
            +++++++
भाग्यले कसरी मलाई छलेछ
उम्रनै नपाई सबै जलेछ
मेरो आशा मात्र झ्याप्पै निभेर
अर्कैको आशा झल्ल बलेछ।

नसकिने रैछ गर्न गोठाला
नपाइने रैछ लाउने ताला
नभएपछि त गतिलो चाला
जिन्दगी भैदिन्छ बर्बादै साला।
              ++++
प्रीतिको बोटमा आलु फलेछ
आलु खान भनी भालु चढेछ
सिकारी आएर गोली चलाउँदा
ठाउँको ठाउँमै भ्वाक्कै ढलेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...