Saturday, 8 September 2018

मलामी

हिमालहरु दाँत फिंजाएर निर्लज्ज हाँस्दैछन्
बादलका अनेकाकृतिहरु हावाको गतिमा
डाँडाकाँडा,पाखा,पर्वत र समथर भूभागहरु छिचोल्दै
बिना लक्ष्य र उदेश्य निर्वाध हुइँकिरहेछन्
बोटविरुवाहरु आफ्ना डाली र पातहरु हल्लाउँदै
कामुक नृत्य गर्दैछन्
नदीनालाहरु कसैको वास्तै नगरी
आफ्नै वेगमा सुस्ताइरहेछन्
नील-गगन आफ्नो फराकिलो छाती फिंजाएर
सबलाई ओत दिइरहेको छ
तिनै प्राकृतिक निर्जन बिन्दुमा "म"नामको पात्र
प्रेमको रंगमञ्चमा
एउटा रहस्यमय पर्दा उघारिएसंगै
यादै-यादको इन्धनभित्र
दनदनी जलिरहेछ
प्रकृति भने मलामी भएर कुरिरहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...