कहाँ जानुपर्ने मान्छे कहाँ पुगेको छु
हिंडिरहँदा पलपल ठेस लागेको छ
कहिले कान्लाबाट झरेको छु
कहिले स्वीमिङपुलमा खसेको छु
कहिले अर्कैलाई चुमेको छु
साथीमाथि खुट्टा चढाएको छु
तिम्रो यादमा हराउँदा।
सपनामा कति बर्बराएको छु
ओछ्यानबाट उठेर दोबाटोमा पुगेको छु
कहिले पागल झैं हाँसेको छु
कहिले अनायासै रोएको छु
तिम्रो यादमा हराउँदा।
तरकारीसंगै हात काटेको छु
तरकारी डढाएर खरानी बनाएको छु
कहिले खुर्सानी पिरो
कहिले नुन चर्काएको छु
कहिले भात घोप्ट्याएको छु
कहिले ३ थाल भात खाएको छु
तिम्रो यादमा हराउँदा।
कहिले नाक,कहिले दाँत कोट्याएको छु
कहिले नङ टोकेर सिध्याएको छु
च्यापुमा हात राखेर टोलाएको छु
कहिले कापीमा कोरेर सकाएको छु
कहिले टाउको कन्याएर बसेको छु
तिम्रो यादमा हराउँदा।
कहिले जुत्ता,कहिले मोजा सुँधेको छु
कहिले नाइटोमा औंला घुसाएको छु
नाकको रौं उखेलेको छु
कहिले परेली उखेलेको छु
आँखाको ढकनी खोलेर ठूलो बनाएको छु
तिम्रो यादमा हराउँदा।
कहिले चाक धुनै बिर्सेछु
ट्वाइलेटमा पानी हाल्नै बिर्सेछु
नुहाउँदा साबुन पखाल्नै बिर्सेछु
दाह्री काट्दा आधाकल्चो छोडेछु
तिम्रो यादमा हराउँदा।
तिमीलाई माया गर्छु भन्ने नै बिर्सेछु
अर्कैसंग भुसुक्कै पल्किसकेछु
होस-हवास ठेगानमा नरहेपछि
अर्कैको नानीको बाउ पो बनिसकेछु
कता-कता हराएछु-हराएछु
तिम्रो यादमा हराउँदा।
No comments:
Post a Comment