सास टुटी गएपनि गुञ्जिरहोस् गीत मेरो
युगौंयुग सुवास् छरी फुलिरहोस् प्रीत मेरो
स्वीकार्नु ल यही मेरो सम्झनाको उपहार
संसारको रीतसंग हार होस् या जीत मेरो।
ब्रम्हाण्डको यौटा तारा खस्यो भनी सोचिदिनु
सानो थोपा सागरमा पस्यो भनी सोचिदिनु
रुखबाट यौटा पात झर्यो भनी सोचिदिनु
सर्नुथ्यो अर्को लोकमा सर्यो भनी सोचिदिनु।
छाती आफ्नो छामी हेर,मुटु भित्रै हुनेछु म
महसुस गरी हेर,ढुक्ढुकीमै हुनेछु म
यदि तिमी रोयौ भने,उसै गरी रुनेछु म
यही गीत आत्मा मेरो,मन मुटु छुनेछु म।
No comments:
Post a Comment