मन दुख्छ मेरो दु:ख हुँदा तिमी लाई
साथ दिन्छु मैले पनि रुदा तिमी लाई।
सोच्न सक्तिन अर्काको,तिमी सिर्फ मेरो
मुटु जल्छ पराईले छुदा तिमी लाई।
तिम्रो उपस्थितिमा नै सुन्दर हुन्छ जीवन
छेउ राख्छु मन्को मैलो धुदा तिमी लाई।
वर्णन गरि साध्य छैन तिम्रो सुन्दरताको
तैपनि म लेखिदिन्छु बुदा तिमी लाई ।
म मरेर गए पनि तिमी बाची दिनु
दुनियाँले देखोस सधैं ज्युदा तिमी लाई।