मेरो जीवनको कथा कसरी सुनाउ म
दु:ख पाए,गए जता,कसरी सुनाउ म।
सुखै सुखमा हुर्केको उसलाई के था दु:ख
उ त भन्छ छिटो बता, कसरी सुनाउ म।
कुहिरोको काग जस्तै लक्ष्यविहीन भए
नसोध जादैछौ कता, कसरी सुनाउ म।
हिम्मत मेरो हारी सक्यो, आको छैन आट
कुन चरीको नाम बीरता, कसरी सुनाउ म।
पुरै लाछी भैसकेछु , के गर्न सक्छु र
के हो र मेरो क्षमता, कसरी सुनाउ म।
No comments:
Post a Comment