Tuesday, 27 October 2015

कु गरे पछि

ताज पनि खोसियो कु गरे पछि
जनताले उ माथी सु गरे पछि।

तरवार भन्दा पनि जनता बलियो
निरंकुश पनि ढल्छ फु गरे पछि।

एकपल्ट झुके'सी उठ्न लाई गाह्रो
जनताले नेता लाई थु गरे पछि।

चर्चाको शिखरमा छन् कोही नेता
परेको काम जसले तु गरे पछि।

ताज पनि खोसियो कु गरे पछि
जनताले उ माथी सु गरे पछि।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।