Saturday, 17 October 2015

भूतका कथाहरू

धेरै पढे,सुने मैले भूतका कथाहरू
कति देखे,भोगे छुवाछूतका कथाहरू।

देशका लागि लड्ने वीर-योद्धा,सहीदहरु
अमर रहने छन् ती सपूतका कथाहरु।

सत्यको बाटोमा आफु लाई हिडाउने
सीता-रामका लागि,लड्ने दूतका कथाहरु।

शक्तिमा आउन के सम्म गर्दैनन् यहाँ
भाइले भाइ मार्ने कर्तूतका कथाहरु।

जनतालाई दु:ख दिने कस्तो राजनीति
गरीब,किसानका दाना लूटका कथाहरु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।