Thursday, 29 October 2015

मुकुन्डो लाए हुन्छ

अचेल प्रेमी-प्रेमिकाले मुकुन्डो लाए हुन्छ
एक अर्काले जे चाहेको सजिलै पाए हुन्छ।

नाइँ-नास्ती गरी किन मुख लाई दु:ख दिन्छौ
खानु पर्ने कुरा सबै खुरुक्क खाए हुन्छ।

डेटमा जाने समयमा बेडमै गए हुन्छ नी
छोरा,छोरी के पाउने खाका बनाए हुन्छ।

जेजे बाकी राख्नु पर्थ्यो,केही छैन साथमा
रोमान्सको खातिर झट्ट खाता पल्टाए हुन्छ।

तिम्रो जीवनमा कोही थियो थे'न नसोध
दुई,चार जति थिए,त्यति बताए हुन्छ।

छिटो बाटो रोज्नु अब एकाइसौ शताब्दीमा
गर्ने काम गर,आँखा,पछी जुधाए हुन्छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।