Saturday, 24 October 2015

तारा दिउँ कि जून

तारा दिउँ कि तिमी लाई जून दिउँ म
चादी दिउँ कि अकबरी सुन दिउँ म।

सगरमाथा चढ्नुपर्यो कि चन्द्र छुनु
हीरा र मोतीमा भन कुन दिउँ म।

ज्यानै बैना राखी दिन्छु तिम्रो लागि त
के चाहियो भन प्रिया खुन दिउँ म?

सके सम्म सुखी राख्छु दु:खी होइन
कहिले पनि सोच्दिन रुन दिउँ म।

मेरो जीवन तिमीमै छ समर्पित
रीस ,राग सबै त्यागी गुन दिउँ म।

मादलुको घिन्ताङ कि डम्फूको डम्डम
बासुरी कि सारङ्गीको धून दिउँ म।

जिन्दगीको यात्रामा म दिनेछु साथ
जसरी नि तिमी खुशी हुन दिउँ म।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।