धरधरी रुवायो तिम्रो मेरो दुरी ले
टाढा हुन बिवश छु,तिमीबाट मज्बुरी ले।
धन कमाउन आ'को बिरानो प्रदेशमा
उडाउने छैन सानू सपना त्यो हुरी ले।
स्वदेशमा चाड-बाड,हर्ष अनि उल्लास
कहिले त मन दुख्छ रोपे सरी छुरी ले।
मन थामी बस्या छु, जुटाएर हिम्मत
सोच्छु कि बुन्न सक्छ जालो माकुरी ले।
मुटु पोल्छ भत्भती,घर छोडेको त्यो क्षण
तड्पी रहेछु तिम्रो मायाको अधुरी ले।
No comments:
Post a Comment