हरे भगवान यो के गरायो भुकम्पले
करोड देखी रोडमा पुर्यायो भुकम्पले।
घरबार बिहीन नै भए हजारौं जना
महल र झुपडी भत्कायो भुकम्पले।
भताभुङ्ग,छताछुल्ल भयो जन जीवन
महिनौं दिन सम्म हल्लायो भुकम्पले।
भोक-प्यासमा बस्न बाध्य भए हेर्नुस्
हजारौं नेपालीलाइ रुवायो भुकम्पले।
कति बाच्नु डर अनि त्रासमा तड्पिएर
गरिबी माथी झनै सतायो भुकम्पले।
सतीले सरापेको देश नै होला क्यारे
कैयौंको मन-मुटु दुखायो भुकम्पले।
दुस्मन लाई पनि नहोस् यस्तो घटना
न बाच्नु न त मर्नु बनायो भुकम्पले।
No comments:
Post a Comment