Sunday, 25 October 2015

बिर्सन कहाँ सक्छु

बिर्सन कहाँ सक्छु र खेलेको जुहारी सानू
झलझली याद आउँछ तिनै लुकामारी सानू

बर्षाले खोलो बढेको, थिएन नी तर्ने पुल
आँखा-आँखा जुधाएर हेर्यौ वारीपारी सानू।

हाम्रो माया देखि खुशी भएका थिएनन् कोही
बाबा-आमाले लखेट्दा भाग्यौ सिस्नु घारी सानू।

संगै खेली,संगै हुर्की,आज टाढा भयौं प्यारी
मैले जे जे भने नि मान्थ्यौ,थियौ आज्ञाकारी सानू।

तिमी छ्यौ गाउँबेशीमा म प्रदेशी भुमीमा छु
हाम्रो दुस्मन बन्यो आज यो बेरोजगारी सानू।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।