उनी लाई यस्तो अधिकार चाइयो रे
पुरुष हरु जस्तै डिस्को बार चाइयो रे।
एउटा श्रीमानले काफी छैन भन्छे उनी
आधुनिक युगमा दुई-चार चाइयो रे।
सिदूर र पोतेको बन्धन तोडिनु पर्छ
मुक्त हुन कि वार कि त पार चाइयो रे।
लाली पाउडरले घस्दा हुन्न रे घरमा
पार्लरको सिंगार र पटार चाइयो रे।
आकाशमा चरी जस्तै भुरुरुरु उड्न
स्वर्ग जस्तै सुन्दर संसार चाइयो रे।
No comments:
Post a Comment