निस्कन गाह्रो हुन्छ मुटुमा छिरे पछि
जोडिन सार्हो हुन्छ यो मन चिरे पछि।
चिप्लो छ यो दुनिया, जहिल्यै लड्न सक्छ
उठ्न गाह्रो कसैको नजरमा गिरे पछि।
नहुदा म्याउ म्याउ गरी सताइरहन्छ
चटक्कै बिर्सी दिन्छन् ऋण त तिरे पछि।
साहस भन्ने कुरा मुटु भित्र पो हुन्छ
बहादुरी नै ठान्छन् बन्दुक भिरे पछि।
मर्दको छोरा भए आम्ने-सामने लड्छ
लौरो किन ठटाउनु सर्प नै फिरे पछि।
No comments:
Post a Comment