मध्यराती प्रेम-युद्ध, सहमतीमा पनि
बती निभ्छ सुनसान,त्यो अधेरीमा पनि।
निहुँ खोज्न थाल्छन् दुबै,सबै तिर स्पर्श
युद्धको मजा लिन्छन्, लुछाचुडीमा पनि।
एक आगो,अर्को पानी, घमासान लडाइँ
आगो बल्न थाल्छ बरफ अनि पानीमा पनि।
गोली-गट्ठा जे जे थिए,प्रयोग गर्न थाल्छन्
धेरै बल,शक्ति हुन्छ, तिन्का बोलीमा पनि।
युद्ध लड्दा लड्दा दुबै,थकित भए अब
युद्ध-बिरामको घोषणा हुन्छ राजीमा पनि।
No comments:
Post a Comment