Tuesday, 27 October 2015

कला छ

म संग सीप अनि कला छ
सुरिलो,मिठो गाउने गला छ।

बेच्दिन कला,बाडी हिन्छु म
न त धन न घरको तला छ।

मनोरञ्जन नै मेरो सन्तुष्टि
लाग्छ मलाई मन भला छ।

पाउनु छैन कुनै एवार्ड
म आफैं संग मुकाबला छ।

लोभ,इर्स्याले ग्रसित समाज
रोगी बिचारले अति थला छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।