कुनै नाता हरु तोड्नु पर्ने हुन्छ
तोडे पछि फेरि जोड्नु पर्ने हुन्छ।
एकोहोरो रोटी पाक्दैन साथी हो
कोही छोडी कतै मोड्नु पर्ने हुन्छ।
यात्रा हो जिन्दगी,भेट हुन्छ धेरै
भेटिएका साथी छोड्नु पर्ने हुन्छ।
आफ्नो लक्ष्य चुम्न निरन्तर लाग्दा
आइपरेका बाधा फोड्नु पर्ने हुन्छ।
गाह्रो रै'छ बाच्न संसारमा साथी
सधैं हाड र छाला घोट्नु पर्ने हुन्छ।
No comments:
Post a Comment