चोखो माया पाए मुटु शित्तल हुन्छ
माया नपाएमा कालो बादल हुन्छ।
चलचित्र राम्रो निर्देशकले गर्दा
नेता राम्रो भए देशै सफल हुन्छ।
साचो,चोखो माया मार्गदर्शक नै हो
गाह्रो,जटिल बाट जीवन सरल हुन्छ।
स्वर्ग जस्तो ठाउँ नर्क हुँदै जान्छ
माया पिरतीको जहाँ पसल हुन्छ।
राजनीति हुँदैछ मायाको संसारमा
यहाँ हुन्छ बिछोड,मायामा छल हुन्छ।
मायाको पनि त धेरै रुप हुन्छ
कुनै झूटो ,कुनै गङ्गाजल हुन्छ।
कुनै माया ठोस र कुनै तरल हुन्छ
त्यसैले त बेला-बेलामा कल हुन्छ।
जे जस्तो भए नि आखिर सार एउटै
चोखो माया सधैं-सधैं अटल हुन्छ।
No comments:
Post a Comment