रंगमञ्चको अभिनय निर्देशित छ पर्दा पछाडी बाट
यहाँ जे जे हुदैछ ती नियोजित छ पर्दा पछाडी बाट।
बुझ्नु पर्ने उसको चित्त छिमेकीले गरेको काम र कुरा
यस्तो उस्तो गर भन्दै निर्धारित छ पर्दा पछाडी बाट।
लोग्ने स्वास्नीको झगडा परालको आगो हो निभिहाल्छ
बीचमा पस्ने खराब बानी प्रचलित छ पर्दा पछाडी बाट।
मातृभुमी माथी इज्जत संग खेल्दै रमाउदै छन् ती तत्व
धरापमा परेकी आमा प्रताडित छ पर्दा पछाडी बाट।
नजिकैको पसल बन्द भएपछि टाढा जान गाह्रो छ
दु:ख दिन गरे बन्द,प्रभावित छ पर्दा पछाडी बाट ।
No comments:
Post a Comment