बैशले मातेकी नखरमाउली तिमी
काउकुती लागेकी उताउली तिमी ।
उताउली गाई लाई बाघले खाला है
धेरै फुर्फुर नगर भीरमा जाउली तिमि।
केटा छानी सधैं कति हिन्छौ तिमी
आखिरीमा बूढो पोइ पाउली तिमी।
धेरै लाई नसताउ ,नदुखाउ है मन
स्राप लाग्ला मायाको,धोका खाउली तिमी।
बिचार गर सानू ,हुन्छ भन्यौ भने
डोली चढी मेरो घर आउली तिमी।
No comments:
Post a Comment