Wednesday, 14 October 2015

घाइते भए

घाइते भए तिम्रो नजरैको बाण बाट
दु:खी छु म तिम्रो ठूलो अपमान बाट।

जानी जानी हान्यौ बोलीका गोली हरु
भा'का कहाँ हुन् र घटना अन्जान बाट।

फुर्सद कहाँ हुनु मेरो कुरा सुन्नलाइ
सुनेर उडायौ तिम्ले अर्को कान बाट।

घमन्डको आलमा चुर्लुम्म डुब्यौ तिमी
समाजै ग्रसित छ नचाहिदो सान बाट।

अभिमानको के मोल नपचे'सी समाजमा
एकै मुठी सास नि उडेपछी ज्यान बाट।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।