मेरो माया कति छ,छाती च्यातेर हेर
विस्वास नलागेमा मुटु फोडेर हेर।
यो जाति र उ जाति, भनी विभेद किन
मेरो नि रातै रगत, छाला काटेर हेर।
धनी-गरीब भन्नू,पैसाले मात्र त हो
एउटै तराजुमा माया जोखेर हेर।
नारी देवी,आमा हुन् ,दिदी र बहिनी हुन्
ए पुरुष हो! प्रसवको-पीडा भोगेर हेर।
माया नै हो जिन्दगी,अक्सिजन,अमृत हो
तिमीले पनि चोखो माया गरेर हेर।
No comments:
Post a Comment