Thursday, 15 October 2015

मारी देउ

घृणा गर्छौ भने आजै मारी देउ
कि त आफैं मर्छु मलाइ आरी देउ।

सफलताको शिखर भो तिमी नै चढ
माथी बाट मलाइ तल झारी देउ।

स्वप्नको शहरमा बस्ती तिमी बसाउ
जिन्दगीको सागर बाट तारी देउ।

उपेक्षा सहेर म बाच्न चाहन्न
तिम्रै हातले बरु चीरा पारी देउ।

प्रेम र घृणाको यो अन्तर्द्वन्दमा
नत्र भने तिमी छिटो हारी देउ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।