मन मेरो फुत्किएर उड्दैछ आचल जस्तो
हावा संगै बगेको छ सलल बादल जस्तो।
खुशी मन,सुखी तन,केही छैन कमी आज
महसुस भएकोछ,स्वर्गको त्यो पल जस्तो।
दु:खहरु पाखा लागे,सुखको जीत भा'को छ
मीठो लाग्छ जिन्दागानी पाकेको काफल जस्तो
शक्तिशाली भएको छु कृष्ण,अर्जुन,राम जस्तै
लाग्न थाल्यो जिन्दगीले गरेको के छल जस्तो।
कति मीठो स्वप्न देखे, अचानक टुटिहाल्यो
अहिले म आँखा बाट पुछेको गाजल जस्तो।
No comments:
Post a Comment