Sunday, 18 October 2015

दुस्मनहरु

ढाडमा टेकी टाउकोमा हान्छन् दुस्मनहरु
नेपाललाई बाउको बिर्ता ठान्छन् दुस्मनहरु

कोही कोही देशद्रोही पनि बस्छन् यहाँ
दाहिने हात उतै तिर तान्छन् दुस्मनहरु।

दबाएर, सताएर ,घुर्की लाउदै गर्छन्
यहाँको रस चुसी,लुछी खान्छन् दुस्मनहरु।

आफ्नै ईच्छा अनुसार शासन गर्न खोज्छन्
रास्ट्रपति, प्रधानमन्त्री छान्छन् दुस्मनहरु।

खबरदार जनता हो! सजक हुनु पर्छ
नेपाल् उस्को एक प्रान्त मान्छन् दुस्मनहरु।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।