Thursday, 8 October 2015

ओझेलमा परियो

मान्छेको भीडमा पनि ओझेलमा परियो
साघुरो बाटो पर्यो पेलाम्पेलमा परियो।

बिसन्चो थिए अलि, हिंड्न गार्‍हो थियो
कसैले देखेनन् कि ठेलाम्ठेलमा परियो।

कसैले चाकू मारे एक जना माथी
बचाउन गए उस्लाइ उल्टै जेलमा परियो।

फसियो निर्दोष थिए, कसले सुनी दिने
सकिन थाहा पाउन कसको खेलमा परियो।

पस्न मिल्ने भए त मान्छेको मन भित्र
जीबनमा असहज तालमेलमा परियो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।