Monday, 19 October 2015

खुकुरी काफी छ

किन चाइयो बन्दुक,चुपी,छुरी काफी छ
स्वाभिमानी नेपाली,खुकुरी काफी छ।

एटम्बम, गोला देखी डराउदैनौ हामी
हिम्मतवाला,साहसी,बहादुरी काफी छ।

गितार,ड्रम,पियानो संग टक्कर दिन्छौं
टुङ्ना,डम्फू,मादल,बासुरी काफी छ।

नेपाल् आमाले दे'का छन् जग्गा जमीन
रोपेर फलाउछौ, माना-मुरी काफी छ।

नाङ्लो ठटाएर नतर्साउनु हात्ती
मिहिनेती, कर्मठ पाखुरी काफी छ।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।