पिउ कि पिउ भनी पिलायो साथीले
फाटेको मेरो मन सिलायो साथीले।
धर्तीमा भुइँ-चालो गैरहन्छ साथी
मिलन र बिछोड भैरहन्छ साथी।
रोएको मान्छेलाइ हसायो साथीले
फाटेको मेरो मन सिलायो साथीले।
चुडिएका सपना फेरि उन्नु पर्छ
जीवन र मृत्युमा जीवन चुन्नु पर्छ।
मरेको थिए म त बचायो साथीले
फाटेको मेरो मन सिलायो साथीले।
पिउ कि पिउ भनी पिलायो साथीले
फाटेको मेरो मन सिलायो साथीले।
No comments:
Post a Comment