"खुशी" तिमी देखिदैनौ पर पर बाट
हेर्दैछु म क्षितिजमा वर वर बाट ।
सधैं दु:ख साथ मेरो,कहाँ छौ र तिमी
भागिरहन्छु हमेसा कष्ट,डर बाट ।
तड्पी र'छु तिम्रो लागि,तर तिमी आइनौ
चियाउछु म झुपडी,सानो घर बाट।
घरको छानो चुइरहन्छ,तप्प सिरानीमा
टाल्ने चेस्टा गर्छु छानो,स्याउला,खर बाट।
बेरोजगारीको यो पीडा अरु लाई के था
छाती चस्की दिन्छ अझ मूल्य,दर बाट।
बल्ने आगो ताप्छन् सबै,निभेको होइन
झिनो आशा पनि छैन यहाँ नर बाट ।
No comments:
Post a Comment