Friday, 9 October 2015

चिसिन थाल्यो

उनको मेरो सम्बन्ध चिसिन थाल्यो
माया संग झगडा मिसिन थाल्यो।

कहाँ गयो त्यो माया, आकाश झैं विशाल
सानो तिनो कुरामै रिसिन थाल्यो।

हाम्रो माया उडेथ्यो चंगा उडे झैं
किन आज एक्कासि घिस्रीन थाल्यो।

बढ्यो अति तनाब, सहनै गाह्रो
जिन्दगी सिलौटामा पिसिन थाल्यो।

दु:खको भुमरीमा मडारिए म
सुख के हो यो मनले बिर्सिन थाल्यो।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।