सत्ता-समीकरण ओली फेर्दै छन्
सत्तामा पुगे'सी बोली फेर्दै छन् ।
दुब्लाएर अति भएका थिए
मोटाएर अब चोली फेर्दै छन् ।
खिया लागि सक्यो भन्छन् पैलेको
पुरानो बन्दुकमा गोली फेर्दै छन्।
यो गर्छु,त्यो गर्छु भनेर भन्थे
आज देख्छु उनी झोली फेर्दै छन्।
सुसेली बाट नै बुझे सबैले
देश हैन आफ्नो भोलि फेर्दै छन्।
नायक बनेर चर्चामा उनी
चलचित्र भित्र टोली फेर्दै छन्।
बिहे त भैसक्यो ओली काकाको
फेरि पनि उनी डोली फेर्दै छन् ।
No comments:
Post a Comment