आँखामा सजाउछु तिम्लाइ मुटुमा धड्काउछु
कहिले हसाउछु तिम्लाइ कहिले रुवाउछु।
दोबाटोमा कतै भेटे तर्साइ दिन्छु म
गोलीहरु ती मायाको बर्साइ दिन्छु म।
कहिले सताउछु तिम्लाइ कहिले फकाउछु
कहिले हसाउछु तिम्लाइ कहिले रुवाउछु।
एकान्तमा टोलाउदा आँखा छोपी दिन्छु
मायाको तीरै तीरले मुटु रोपी दिन्छु।
मायामा फसाउछु तिम्लाइ दिलैमा बसाउछु
कहिले हसाउछु तिम्लाइ कहिले रुवाउछु।
No comments:
Post a Comment