उनीले जस्तो माया जोख्न सक्तिन म
छोडेर जाने लाई रोक्न सक्तिन म।
गरिन्छ माया भित्री मन मुटु बाट
मायाको भीख माग्न ढोक्न सक्तिन म।
अमूल्य हुन्छ माया,हुन्न यो बिक्रीमा
मुटुको कुनै मूल्य तोक्न सक्तिन म।
मुखमा हुन्न माया,मुटुमा हुन्छ यो
धेरै माया भनेर खोक्न सक्तिन म।
पवित्र माया लाई अपमान गर्न
धोखेबाजको सामुन्ने पोख्न सक्तिन म।
No comments:
Post a Comment