स्वदेशमै रमाउने बिचार छ मेरो
विदेशिनु नै लेखेको निधार छ मेरो।
आज बिदेशी भुमीमा भए पनि म
मातृभुमी प्रती माया अपार छ मेरो।
पलायन हुने मन त थिएन हजूर
बाध्यताले आज यहाँ रोज्गार छ मेरो।
कुर्सीकै छ तानातानी नेता हरुको
अति लाचार भएको सरकार छ मेरो।
सर्बसाधारणले किन्न नसक्ने गरि
महँगीले चर्किएको बजार छ मेरो।
No comments:
Post a Comment