कति गर्नु बिछोडको ,मिलनको कुरा गरौं
आउ संगै मिलीजुली तन-मनको कुरा गरौं।
बिर्सी दिउँ दु:ख,पीडा जे भए नी जीवनमा
चलिर'को तिम्रो मेरो धड्कनको कुरा गरौं।
आफू भलो,जगत भलो,सकारात्मक नै सोचौ
छुरा धस्ने दुस्मन हैन आफ्नोपनको कुरा गरौं।
बैगुनी लाई गुनैले मार्नु पर्छ पक्कै पनि
जिन्दगीमा साथ दिने सज्जनको कुरा गरौं।
जसले दिल दुखायो,नरुनु उसैको यादमा
मुटु संग मुटु जोड्ने बन्धनको कुरा गरौं।
No comments:
Post a Comment